Our News & Blogs

Checkout Our News & Blogs
https://bisalnepal.com/news/29368
https://bisalnepal.com/news/29368

https://bisalnepal.com/news/29368

https://bisalnepal.com/news/27556
https://bisalnepal.com/news/27556

https://bisalnepal.com/news/27556

https://bisalnepal.com/news/28081
https://bisalnepal.com/news/28081

https://bisalnepal.com/news/28081

https://bisalnepal.com/news/81
सबै वडालाई बालमैत्री घोषणा गर्ने अभियानमा चन्द्रागिरि नगरपालिका

काठमाडौं । 

चन्द्रागिरि नगरपालिकाले सबै वडालाई बालमैत्री वडा निमार्ण गर्ने अभियान सञ्चालन गरिरहेको छ । नगरमा जम्मा १५ वटा वडा रहेका छन भने अहिलेसम्ममा ६ वटा वडा बालश्रममुक्त वडा घोषणा भइसकेका छन बाकी वडालाई पनि घोषणा गर्ने कार्यक्रमहरु अगाडी बढिरहेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ अनुसार नगरपालिकाले सबै वडालाई बालमैत्री बनाउन लागेको हो । नगरपालिकाले बालमैत्री वडा बनाउने सम्बन्धमा एक वृहत्त अन्तरक्रिया कार्यक्रम नै गरेको छ । 

अन्तरक्रिया कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव रेसम कडेलले सहजिकरण गर्नु भयो । बालमैत्री स्थानीय शासनको अवधारणा र बालमैत्री वडा बनाउनका लागि पूरा गर्नुपर्ने ५१ वटा सूचकका बारेमा उपसचिव कडेलले विस्तृत रुपमा छलफल गराउनु भयो । अन्तरक्रिया कार्यक्रमको अध्यक्षता गरेका नगरप्रमुख घनश्याम गिरीले सबै वडामा बाल उद्यान बनाउन सबै वडालाई बालमैत्री वडा बनाउन बजेट नै विनियोजन गरी काम गरिरहेको बताउनु भयो । बालबालिका मैत्री वडा नगर बनाउने आफ्नो विगतदेखि कै चाहाना भएको र सोही अनुसार नै सबै वडा र नगरका शाखाहरुलाई काम गर्न भनिएको कुरा पनि नगर प्रमुख गिरीले बताउनु भयो । 

नगरपालिकाका उपप्रमुख बसन्ती श्रेष्ठले हामीले हाम्रो नगरपालिकालाई एक नमुना नगरको रुपमा विकास गर्ने योजना रहेको र नमुना नगरका लागि बालमैत्री वडा बालमैत्री नगर बनाउने अभियान तिब्र रुपमा अगाडी बढाइरहेको बताउनु भयो । २०८२ सम्ममा पूरै नगरलाई नै बालमैत्री बनाउने उपप्रमुख श्रेष्ठको भनाइ थियो । 

तत्काल वडा नम्बर १४ र ७ लाई बालमैत्री बनाउने अभियान अन्तर्गत सोही वडामा वडास्तरका बालमैत्री स्थानीय शासन समिति समेत गठन गरी काम गरिरहेको जानकारी गराउदै अन्य वडालाई पनि क्रमश बालमैत्री बनाउदै लैजान्छौं उपप्रमुख श्रेष्ठले भन्नु भयो । सबै वडा र नगरपालिकाका शाखा उपशाखा प्रमुखहरुलाई बालमैत्री वडा निमार्णका लागि तिब्र रुपमा काम गर्न उप्रमुखले आग्रहसमेत गर्नु भयो । 

कार्यक्रममा बोल्दै वडा नम्बर १४ का वडा अध्यक्षले बालमैत्री वडाका लागि बजेटका साथै प्राविधिक पक्ष पनि उत्तिकै आवश्यक भएको र हामीले पूरा गर्नुपर्ने सूचकमा स्थानीय समुदायको साथ र सहयोग उत्तिकै जरुरी हुने कुरामा जोड दिनु भयो । 
नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बालमैत्री वडा बनाउने अभियान बालमैत्री स्थानीय शासन अनुरुप नै अगाडी बढाइएको कुरा बताउदै बालमैत्री वडा बनाउनका लागि समुदाय संघसंस्था सरोकार राख्ने सबै पक्षको उत्तिकै भूमिका रहने कुरा उल्लेख गर्नु भयो । कार्यक्रममा प्राविधिक सहयोग बाल विकास समाज र वल्ड भिजन इन्टरनेसनल नेपालको थियो भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वय रहेको थियो । कार्यक्रममा नगरपालिकाका सबै शाखा उपशाखाप्रमुख वडाका जनप्रतिनिधिहरु संस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो भने नगरका सामाजिक विकास शाखा प्रमुख रश्मी श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Program
Child Labour Free Ward-14 of Chandragiri Municipality

Child labour free declaration of ward no. 14, Chandragiri Municipality-Kathmandu